बेपत्ता पुरुष मृत भेटिए



सिन्धुपाल्चोक,चैत ६ । सिन्धुपाल्चोकस्थित ब्रम्हायणी नदी किनारमा कपडा छाडेर दुई दिनदेखि बेपत्ता भएका पुरुष मृत भेटिएका छन् ।

नदी किनारमा कपडा, मोबाइल, घडी छाडेर बेपत्ता भएका ५० वर्षीय वीरबहादुर विक मृत भेटिएका हुन् ।

सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–२ कल्लेरीका विकको शव सशस्त्र प्रहरी बलको गोताखोर टोलीले मंगलबार दिउँसो नदीबाट निकालेको छ । ४ चैतदेखि बेपत्ता भएका विकको खोजीका लागि सिनामंगलमा रहेको सशस्त्र प्रहरीको विपद् उद्धार गणको टोली परिचालन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्