सिंगापुरका विपक्षी नेता प्रीतम सिंहमाथि संसदीय समितिमा झुटो बोलेको आरोप



सिंगापुर,चैत ७ । सिंगापुरका विपक्षी नेता प्रीतम सिंहमाथि संसदीय समितिमा झुटो बोलेको आरोप लगाइएको छ । उनीमाथि उनकै पार्टीका एक पूर्वसांसदसँग एक घटनामा झुट बोलेको आरोप लगाएका हुन् ।

तर, सिंहले यो आरोप अस्वीकार गरेका छन् । मंगलवार अदालतमा हाजिर हुँदै उनले आफूमाथि लागेको आरोपविरुद्ध कानुनी लडाइँ गर्ने बताए । 

सन् २०२१ अगस्टमा वर्कर्स पार्टीका तत्कालीन सांसद रईसाह खानले प्रहरीले यौन दुव्र्यवहार पीडितलाई दुव्र्यवहार गरेका दाबी गरे । पछि उनले उक्त किस्सा सत्य नभएको स्वीकार गरिन् ।

खानलाई झुट बोलेको र आफ्नो संसदीय विशेषाधिकारको दुरुपयोग गरेको आरोपमा जरिवाना गरिएको थियो । त्यसपछि उनले पार्टीबाट राजीनामा दिएर सिट खाली गरेकी थिइन् । 

संसदीय समितिले अनुसन्धानको क्रममा सिंहलाई साक्षीको रूपमा बोलायो । र, बयान लियो । सिंहले बयानमा भनेको कुरा सत्य नभएको खानले जिकिर गरिन् । 

समितिले पनि सिंहले बयानमा भनेको कुरा सत्य नभएको निष्कर्ष निकाल्यो । र, सिंहको आचरणमा आपराधिक अनुसन्धान गर्न सिफारिस गर्यो । सिंहले भने समितिको निष्कर्ष ‘स्वीकार गर्न असमर्थ’ भएको बताए । 

मंगलबार जारी गरिएको आरोपपत्र अनुसार, सिंहले खानको मुद्दामा संसदीय समितिलाई ‘जानाजानी गलत जवाफ’ दिएको आरोप लगाइएको छ । 

उनको आरोप पुष्टि भएमा उनले ३ वर्षसम्म जेल सजाय वा अधिकतम ७ हजार डलर जरिवाना वा दुवै सजाय हुन सक्छ ।

सिंगापुरमा अपराधको दोषी ठहरिएका सांसदहरूलाई १० हजार डलरभन्दा बढी जरिवाना वा एक वर्षभन्दा बढी जेल सजाय भएमा उनीहरूले आफ्नो पद गुमाउन सक्छन् र चुनावमा उठ्न अयोग्य हुन सक्छन् । बीबीसी

प्रतिक्रिया दिनुहोस्