नुवाकोट लिखुको नारायणदेवी माविद्वारा क्यान्सर पीडित सावित्री डङोललाई आर्थिक सहयोग



नुवाकोट,चैत ७ । लामो समयदेखि क्यान्सर पीडित सावित्रीमाया डङोलको उपचारका लागि लिखु गाउँपालिका वडा नम्बर १ मा अवस्थित नारायणदेवी माध्यमिक विद्यालयका शिक्षक कर्मचारीले आर्थिक सहयोग गरेका छन् ।

विद्यालयले क्यान्सर पीडित डङोलको उपचारमा सहयोग पुगोस् भन्ने हेतुका साथ रु. २५ हजार १ सय ८५ सहयोग प्रदान गरेको विद्यालयका प्रधानाध्यापक हरि लामिछानेले बताए ।

लिखु गाउँपालिका वडा नम्बर ६ स्थायी ठेगाना भएकी वर्ष ४२ कि स्थानीय महेन्द्र महेशदेव माद्यामिक विद्यालयकी शिक्षिका समेत रहेकी डङोलको उपचार हाल काठमाडौको बानेश्वरमा रहेको सिभिल अस्पतालमा उपचार भैरहेको छ।

यसैबीच जिल्लाकै विदुर नगरपालिका वडा नम्बर ५ पिपलटारमा रहेको चन्द्रज्योती माध्यमिक विद्यालयका शिक्षक शिक्षिकाले समेत आर्थिक सहयोग जुटाएका छन। क्यान्सर पीडित साबित्रीमायाका पति माधबकुमार डङोलका अनुसार विद्यालयले उपचारार्थ रु.२४ हजार रकम सहयोग गरेको हो।

त्यस्तै विदुर नगरपालिका वडा नम्बर ४ बट्टारमा रहेको हार्डवयर पसल शुभलक्ष्मी इन्टरप्राइजेजले रु.२५ सय सहयोग गरेको छ । ब्लड क्यान्सर उपचारका लागि धेरै खर्च भैसकेको र थप धेरै खर्च लाग्ने भएकाले सबैले सहयोग गरि साबित्रीमाया डङोलको जीवन रक्षाका लागि परिवारजनले आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्