विश्व खुसी प्रतिवेदन २०२४ : ठूलो अर्थतन्त्र भएका देशको के छ अवस्था ?



काठमाडौं,चैत ८ । ‘विश्व खुसी प्रतिवेदन २०२४’ बुधवार सार्वजनिक भएको छ । यो प्रतिवेदनअनुसार विश्वको सबैभन्दा खुसी देश फिनल्याण्ड यथावत् छ भने सबैभन्दा दु:खी देशमा पनि अफगानिस्तान यथावत् छ । 

विश्वका ठूला अर्थतन्त्रमा के छ अवस्था ?

प्रतिवेदनअनुसार विश्वका ठूला अर्थतन्त्र यो सूचीमा शीर्ष २० मा अटाएका छैनन् ।   विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र अमेरिका २३ औं स्थानमा छ । उसले ६.७२५ अंक हासिल गरेको छ । विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीन भने सर्वाधिक खुसी हुने देशको सूचीमा ६० औं स्थानमा छ । उसले ५.९७३ अंक पाएको छ । 

यसैगरी तेस्रो ठूलो अर्थतन्त्र जापान ५१ औं, चौथो ठूलो अर्थतन्त्र जर्मनी चौथो स्थानमा रहँदा पाँचौं ठूलो अर्थतन्त्र १२६ औं स्थानमा रहेको प्रतिवेदनमा उल्लेख छ । 

प्रतिक्रिया दिनुहोस्