६८० जना छात्रालाई पेन्टी वितरण



बाजुरा,चैत ८ । बाजुराका ६८० जना विद्यार्थीलाई एक संस्थाले प्याडसहितको पेन्टी वितरण गरेको छ । कक्षा ६ देखि १२ सम्म अध्ययनरत छात्रालाई ग्रीनतारा नेपालले विद्यालयमै पुगेर प्याडसहित भएको पेन्टी अर्थात् महिनावरी स्वच्छता पेन्टी वितरण गरेपछि उनीहरु हर्षित बनेकी हुन् ।

प्याड नहुँदा महिनावारी भएको बेला विद्यालय पढ्न जाँदा रगत बाहिर बग्छ कि भन्ने डर लाग्ने गरेको खप्तड छेडेदह गाउँपालिका वडा नं ४ स्थित खापर देवस्थली मावि कक्षा १० मा अध्ययनरत छात्रा शर्मिलाकुमारी धामीले बताइन । उनले भने, “ महिनावारी भएको बेला सहज हुने गरी ग्रीनतारा नेपालले महिनावारी स्वच्छता पेन्टी दिएपछि अहिले त्यो डर हटेको छ । ”

यो पेन्टी महिनावारी भएको बेला छात्राहरुका लागि निकै सहज हुने भएकोले यती सुरक्षितका साथ विद्यालयमा गएर पठनपाठन गर्न सहज भएको छात्रा धामीले बताइन । बाजुराको खप्तड छेडेदह गाउँपालिकामा रहेका नौ वटा माविमा अध्ययनरत छात्राहरुलाई महिनावरी भएकोले बेला सरसफाइ तथा विद्यालयमा आउन सहज हुने गरी महिनावरी स्वच्छता पेन्टी वितरण कार्यक्रम सुरु गरिएको ग्रीनतारा नेपालले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्