हालसम्मकै उच्च बिन्दुमा सुनको भाउ: एकैदिन २ हजार ६०० रुपैयाँले बढ्यो, कतिमा हुँदैछ किनबेच ?



काठमाडौं,चैत ८ । सुनको भाउ हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । नेपाली बजारमा छापावाला सुनको भाउ एकैदिन २ हजा ६०० रुपैयाँले बढेर कीर्तिमानी उचाई बनाएको छ ।

बिहीबार छापावाला सुनको भाउ १ लाख २७ हजार ८०० रुपैयाँ पुगेको छ । जुन अहिलेसम्मकै धेरै हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको भाउ पनि १ लाख २७ हजार २०० रुपैयाँ कायम भएको छ। बुधवार भने छापावाला सुनको भाउ १ लाख २५ हजार २०० रुपैयाँ र तेजावीको १ लाख २४ हजार ६०० रुपैयाँ निर्धारण भई खरिदबिक्री भएको थियो ।

यस्तै, साताको पाँचौं कारोबार दिन चाँदीको भाउ पनि बढेको छ । आज चाँदी तोलामा ३५ रुपैयाँले बढेर १ हजार ५५५ रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्