दैनिक लाखौँको अवैध सामान प्रहरीद्वारा बरामद



खजुरा,चैत ८ । भारतसँग सिमाना जोडिएको बाँकेमा दैनिकजसो चोरी तस्करीका घटना हुने गरेको छ । भारतसँग खुला सिमानाका भएका कारण यहाँ दैनिकजसो हुने चोरी तस्करीमा संलग्नहरूबाट लाखौँ रुपियाँ बरावरको सामान बरामद भइरहेको प्रहरीले जनाएको छ । 

बाँके प्रहरीले पछिल्लो समय अवैधरुपमा हुने यस्ता चोरी तस्करी नियन्त्रण तथा रोकथामका लागि सक्रिय भएको छ । प्रहरीले भारतबाट अवैधरुपमा भन्सार छलेर  ल्याइएका सामग्री तथा बस्तुहरू बरामद गर्दैआएको जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक नारायण डाँगीले चोरी तस्करी नियन्त्रण गर्न प्रहरीले विशेष योजना बनाएर काम गरिरहेको बताए । उनले भारतसँग खुला सीमा भएका कारण अरूभन्दा यो जिल्लामा चोरी तस्करीका घटना बढी हुने भन्दै यसविरुद्ध प्रहरीले विशेष योजनाअनुसार टोली बनाएर परिचालन गरिरहेको बताए ।

बाँके प्रहरीको सक्रियताका कारण पछिल्ला दिनमा दैनिकजसो जिल्लाका विभिन्न ठाउँबाट भारतबाट भन्सार छलेर ल्याइएका लाखौँका विभिन्न सामान तथा बस्तुहरू प्रहरीले बरामद गर्दैआएको छ । 

प्रतिक्रिया दिनुहोस्