माओवादी केन्द्रीय सदस्य शर्माद्वारा पार्टी परित्याग



काठमाडौं,चैत ८ । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रामकुमार शर्माले माओवादी केन्द्र परित्याग गरेका छन् ।

पार्टीमा गुटगत राजनीति मौलाएको र कार्य विभाजनमा पार्टी केन्द्रले आफू निकटलाई मात्रै जिम्मेवारी दिएको भन्दै असन्तुष्ट बनेका शर्माले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बिहीबार राजीनामा बुझाएका हुन् ।

उनले आफ्नो जिम्मेवारी र पार्टी नेताका गतिविधिबारे अध्यक्ष प्रचण्डसँग पटक–पटक रिपोर्टिङ गर्दा पनि सुनुवाइ नभएको बताएका छन् । 

आफू पार्टी केन्द्रीय सदस्यमा १५ वर्षदेखि काम गरिरहेको, तर पार्टीले कुनै जिम्मेवारी नदिएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्