हिजो कीर्तिमानी उचाइ बनाएको सुनको भाउ आज कति छ ?



काठमाडौं,चैत ९ । बिहीबार रेकर्ड ब्रेक गरेको सुनको भाउ आज भने घटेको छ । बिहीबार एकैदिन २ हजार ६०० रुपैयाँले बढेर १ लाख १७ हजार ८०० रुपैयाँ पुगेको थियो ।

तर, शुक्रबार भने छापावाला सुनको भाउ १ हजार ३०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि छापावाला सुनको भाउ १ लाख २६ हजार ५०० रुपैयाँ तोकिएको छ ।

साताको अन्तिम कारोबार दिनका लागि तेजावी सुनको मूल्य भने १ लाख २५ हजार ९०० रुपैयाँ तोकिएको महासंघले जनाएको छ । बिहीबार भने तेजावी सुन १ लाख २७ हजार २०० रुपैयाँमा किनबेच भएको थियो ।

यस्तै, आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ । एकैदिन प्रतितोला ५५ रुपैयाँले घटेर शुक्रबार चाँदीको मूल्य १ हजार ५०० रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस्