मनाङबाट एसइई दिँनेको संख्या ४० जना



मनाङ,चैत ९ । आगामी चैत १५ गतेबाट सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) का लागि मनाङमा एउटै मात्र परीक्षा केन्द्र हुने भएको छ । शिक्षा विकास तथा समन्वय इकाइ मनाङका प्रमुख मतिलाल चपाईंका अनुसार यस वर्षको एसइईमा ४० विद्यार्थीले सहभागिता जनाउनेछन् भने जिल्लाभर एउटै परीक्षा केन्द्र हुनेछ । 

उनका अनुसार २३ जना छात्रा र १७ जना छात्र गरी कुल ४० विद्यार्थी एसइईमा सहभागी हुँदैछन् । प्रकाशज्योति माविबाट १९, लोकप्रिय माविबाट १७, अन्नपूर्ण माविबाट १ र लोकप्रिय माविबाट (खुल्ला) ३ गरी ४० विद्यार्थी एसइईमा सहभागी हुने शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख मतिलाल चपाईंले जानकारी दिए ।

देशैभरको तथ्याङ्क हेर्दा एसइईमा सबैभन्दा कम विद्यार्थी मनाङका छन् । एसइईलाई दृष्टिगत गरी तीव्र रुपमा तयारी गरिएको प्रकाशज्योति माविका प्रधानाध्यापक पदमराज पन्थीले बताए । 

प्रतिक्रिया दिनुहोस्