‘देशको आर्थिक क्षेत्रमा समस्या भए पनि नेपाल त्यसको व्यवस्थापन गर्न सक्षम’



काठमाडौं,चैत १० । एशियन पेन्ट्स नेपालका कन्ट्री डाइरेक्टर गोपालकृष्णन् गौरीशंकर देशको आर्थिक क्षेत्रमा केही समस्या भए पनि नेपाल त्यसको व्यवस्थापन गर्न सक्षम रहेको बताएका छन् ।  

आठौं संस्करणको न्यूबिज बिजनेस् कन्क्लेभ एण्ड अवार्डस् कार्यक्रममा मन्तव्य दिँदै उनले उक्त कुरा बताएका हुन् । उनले हाल देखिएका समस्या समाधानका गर्न सहज पनि भएको बताए ।

एशियन पेन्ट्स नेपाल उक्त कार्यक्रमको टाइटल स्पोन्सर समेत रहेको छ । कन्ट्री डाइरेक्टर गौरीशंकरले कन्क्लेभ एण्ड अवार्डस् कार्यक्रममा न्यू बिजनेश एजसँग सहकार्य गर्ने अवसर मिलेकोमा खुसी व्यक्त गरे ।

उनले नेपाल छुट्टै पहिचान र सम्भावनाको देश भएको बताए । उनले भूकम्पजस्तो जटिल समस्याबाट यहाँसम्म आएको नेपालको अर्थतन्त्रमा केही समस्या देखिएको भनिए पनि देशले समस्याबाट पार हुने विश्‍वाससमेत व्यक्त गरे । 

रेमिट्यान्सको कारण जनतासँग पैसा भएको र यो बढिरहेको तथ्यांकले देखाएको उनले बताए । ‘नेपाली युवाको विदेश जाने ट्रेण्ड बढेको छ, ति फर्किन्छन् भन्ने थाहा छैन । सरकारले यो बुझेकै छ, यसमा काम पक्कै गर्ला,’ उनले भने ।

उनले नेपालको आर्थिक क्षेत्रमा देखिएका समस्या समाधान हुनेमा विश्वास व्यक्त गरे । ‘नेपालको आर्थिक क्षेत्रमा प्रशस्तै सम्भावनासँगै समस्या पनि छन् । आर्थिक क्षेत्रको विकासको लागि सबै तयार छन् । तर, कहिले र कसरी भन्ने प्रश्न् छ,’ उनले भने, ‘यो समयमा कस्तो ‘रोल प्ले’ हुन सक्छ भन्ने विषयमा काम होला । यसमा आशा गरौं, सकारात्मक सोचौं ।’  

विजनेस कम्पनीले पनि नेपालीले के चाहान्छन् भन्ने सोचेर काम गर्नुपर्ने उनले बताए । साथै गुणस्तर र परिणाममा पनि ध्यान दिनुपर्ने उनले औंल्याए । 

प्रतिक्रिया दिनुहोस्