कन्सर्ट भइरहेको ठाउँमा जथाभावी गोली प्रहार : ६० जनाको मृत्यु, १०० भन्दा बढी घाइते



मस्को,चैत १० । रुसको राजधानी मस्कोको बाहिरी भागमा रहेको कन्सर्ट हलमा गोली चल्दा ६० जनाभन्दा बढीको मृत्यु भएको छ। आक्रमणमा ६० जनाभन्दा बढीको मृत्यु भएको र सयभन्दा बढी घाइते भएका रुसी अनुसन्धान समितिले जनाएको छ। मृत्यु हुनेमा बालबालिका पनि परेका छन् ।

रुसी विदेशमन्त्रीले यसलाई आतंकवादी हमला भनेका छन् । उक्त आक्रमणको इस्लामिक स्टेट समूहले जिम्मेवारी लिएको छ। मध्यरातमा, रुसी राष्ट्रपति कार्यालयले आफ्नो आधिकारिक टेलिग्राम च्यानलमा एक विज्ञप्ति जारी गर्दै राष्ट्रपति भ्लादिमिर पुटिनलाई हमला र सुरक्षा एजेन्सीहरूले चालेका कदमहरूको बारेमा निरन्तर जानकारी दिइरहेको बताएको छ।

पुटिनका प्रवक्ता दिमित्री पेस्कोभले पुटिनले यस विषयमा सम्बन्धित सबै विभागलाई आदेश दिएको बताएका छन्।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले उक्त हमलाबारे प्रत्यक्ष सम्बोधन गरिसकेका छैनन् तर सरकारी सञ्चारमाध्यमहरूले उनले घाइतेहरूको शिघ्र स्वास्थ्य लाभको कामना गरेको उल्लेख गरेको छ

प्रतिक्रिया दिनुहोस्