बझाङमा चट्याङ लागेर एक जनाको ज्यान गयो



बझाङ,चैत १० । बझाङमा चट्याङ लागेर एक जनाको ज्यान गएको छ। गएराति जयपृथ्वी नगरपालिका–६ नौरामा चट्याङ लागेर स्थानीय ५२ वर्षीय गजेन्द्रबहादुर सिंहको मृत्यु भएको हो भने सात जना घाइते भएका छन्।

घाइते हुनेमा मृतक सिंहकी १८ वर्षीया छोरी शान्ति सिंह, ३० वर्षीय धीरेन्द्रबहादुर सिंह, उहाँकी श्रीमती निशा सिंह, छोरी कृतिका सिंह, ४० वर्षीया पञ्चादेवी सिंह, उहाँको छोरा ९ वर्षीय नितेश सिंह र छोरी १३ वर्षीया लक्ष्मी सिंह रहेका छन्।

प्रहरीका अनुसार घाइतेमध्ये लक्ष्मी सिंहको जिल्ला अस्पतालमा उपचार भइरहेको छ भने बाँकी ६ जनाको अवस्था सामान्य छ।

प्रतिक्रिया दिनुहोस्