दाङमा बस र मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु
दाङ,चैत ११ । दाङमा बस र मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा राजपुर गाउँपालिका-५ नौसहराका २४ वर्षीय प्रमोद यादव र २४ वर्षीय प्रदीप यादव रहेका छन् ।
कोराजपुर गाउँपालिका-५ जंग्रहवा र नौसहरा बिचमा रहेको कोरियाखोला पुल नजिक रा १ ख २३६० नम्बरको यात्रुवाहक बस र विपरीत दिशाबाट आउँदै गरेको रा ७ प २०७ नम्बरको मोटरसाइकल ठोक्किँएर दुर्घटना भएको थियोे ।