नयाँ जातको धानको बीउ पञ्जीकृत, मध्य पहाडी भेगका सिञ्चित क्षेत्रका लागि सिफारिस



काठमाडौं,चैत ११ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले नयाँ जातको धानको बीउ पञ्जीकृत गरेको छ । पञ्जीकृत गरिएको एच क्यु ००२ नामक बर्णशंकर जातको बीउ चीनमा विकास भएको हो ।

मन्त्रालयका अनुसार मध्य पहाडी क्षेत्रको सिञ्चित क्षेत्रका लागि सो धान सिफारिस गरिएको छ ।

नयाँ बर्णशंकर जातको धानको बीउको उत्पादन क्षमता प्रतिहेक्टर ८ देखि ९ मेट्रिक टन छ । ८ सयदेखि १५ सय मिटर उचाइसम्म रोप्न सकिने उक्त बीउ १ सयदेखि १ सय ५ दिनमा पाक्ने मन्त्रालयले उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्