इलाम–२ मा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने एमाले निर्णय



काठमाडौं,चैत ११ । इलाम क्षेत्र नम्बर दुईको उपचुनावका लागि नेकपा एमालेले उम्मेदारको टुंगो लगाएको छ । आइतबार बसेको नेकपा एमालेको सचिवालय बैठकले इलाम–२ को उपचुनावमा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

एमालेले आगामी वैशाख १५ गते हुने उपचुनावमा सुहाङलाई उम्मेदवार बनाएको हो । एमालेका तत्कालीन उपाध्यक्ष एवं संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको गत भदौ २६ मा निधनपछि यो क्षेत्र खाली थियो । सुहाङ दिवंगत नेता सुवासचन्द्रका कान्छा छोरा हुन् ।

उनी नव सत्ता गठबन्धनको तर्फबाट नै उम्मेदार बन्ने सम्भावना छ । तर, उक्त क्षेत्रमा वर्तमान गठनबन्धनको तर्फबाट नेकपा एसका तर्फबाट झलनाथ खनाललाई उम्मेदावर बनाउने चर्चा थियो ।

प्रतिक्रिया दिनुहोस्