छहरे-टोखा सडक खण्डमा चेकजाँचमा कडाइ 



नुवाकोट,चैत ११ । फागु पर्व मनाउने क्रममा हुने दुर्घटना न्यूनीकरणका लागि नुवाकोट स्थित ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको छ । आइतबार बिहानैदेखि होली फागु पर्व मनाउन सुरु भएकोमा यस चाडलाई व्यवस्थित बनाउन प्रहरीले चेकजाँचमा कडाइ गरेको हो ।

चाड पर्वको अवसरमा मानिसहरू उश्रृङ्खल गतिविधि गर्ने, लोला हान्ने, मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने लगायतका गतिविधिहरू हुने भएकाले प्रहरीले चेकजाँचमा कडाइ गरेको छहरे अस्थायी प्रहरी पोस्टका प्रमुख रामबहादुर घिसिङले बताए । छहरे हुँदै काठमाडौं जाने तथा मध्यपहाडी लोकमार्ग चल्ने सवारीसाधनको निगरानी तथा चेकजाँचमा दिनभर कडाइ गरिएको घिसिङले बताए । नेपाल प्रहरीले पर्वलाई सुव्यवस्थित बनाउन सबैले सतर्कताका साथ होली खेल्न समेत आग्रह गरेको थियोे ।

साथै प्रहरीले सम्भावित दुर्घटना हुन नदिन घरको छत लगायत जोखिमपूर्ण स्थानमा बसेर फागु नखेल्न आग्रह गरेको थियोे । पर्वलाई व्यवस्थित बनाउन नेपाल प्रहरीले नुवाकोटका ६ बढी स्थानमा चेक जाँच गन प्रहरी खटाएको थियोे ।

प्रतिक्रिया दिनुहोस्