आज तराईमा होली



काठमाडौं,चैत १२ । आज फागु पूर्णिमा अर्थात् होली पर्व तराईका जिल्लामा हर्षोल्लासका साथ एक आपसमा रङ र लोला खेली आपसी सद्भाव साटेर  मनाइँदै छ ।

आइतबार हिमाली एवं पहाडी जिल्लाहरूमा उक्त पर्व  मनाइएको  थियो  । 

वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताका रूपमा  मनाउने प्रचलन रही आएको छ । 

प्रतिक्रिया दिनुहोस्