अटो दुर्घटना हुँदा एकको मृत्यु



इलाम,चैत १२ । इलामको सूर्याेदय नगरपालिका –१२, मलिममा यात्रु बोकेका अटो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । 

आइतबार साँझ भएको दुर्घटनामा गम्भीर घाइते भएकी सूर्याेदय १२ का ५६ वर्षीया मनकुमारी प्रधानको सोमबार उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार उनी घाइते भएपछि फिक्कल अस्पताल ल्याइएको थियो । 

त्यहाँ उपचार सम्भव नभएपछि झापाको बिर्तासिटी अस्पताल लगिएकोमा सोमबार दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक प्रकाश जबेगूले जानकारी दिए । मे. १ ह ४६८९ नम्बरको अटो गियर चेन्ज गर्नेक्रममा न्युट्रलमा गइ अनियन्त्रित भएर सडकबाट खसेको हुनसक्ने उनको भनाइ छ । अटो चालक स्थानीय अनिश राईलाई पक्राउगरी अनुसन्धानको काम भइरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्