नुवाकोटको शिवपुरी, पञ्चकन्या र लिखुका विभिन्न विद्यालयका विद्यार्थीलाई झोला वितरण



नुवाकोट,चैत १३ । जिल्लाको शिवपुरी, पञ्चकन्या र लिखुका विभिन्न विद्यालयका विद्यार्थीलाई झोला वितरण गरिएको छ । सोमबार छुट्टाछुट्टै कार्यक्रम बीच यस क्षेत्रमा कार्यरत जर्मनी संस्था केयर फर चिल्ड्रेनले बालबालिकालाई विद्यालय झोला वितरण गरेको हो।

जिल्लाको लिखु गाउँपालिका वडा नम्बर ६ स्थित सिद्धि गणेश आधारभुत विद्यालयका ६५ जना बालबालिकालाई संस्थाले झोला सहयोग गरेको छ । त्यस्तै शिवपुरी गाउँपालिका वडा नम्बर ७ मा रहेको कुम्भेश्वर विद्यालयका १८७ जना र ग्रामिणदेवी माध्यमिक विद्यालयका १३४ बालबालिका लाई झोला प्रदान गरेको छ ।

उता पञ्चकन्या गाउँपालिका भद्रुटार चुहानडाडामा अवस्थित बच्छला माध्यमिक विद्यालयका १२० बालबालिकालाई समेत सोही संस्थाले झोला वितरण गरेको संस्थाका कोषाध्यक्ष गोकर्ण गुणीले बताए ।

पछिल्लो समय संस्थाले विद्यालयमा अध्ययनरत बालबालिकालाई विद्यालय पोशाक, दिवा खाजा, स्टेसनरी सामग्री, भौतिक पक्ष निर्माण लगायतका कामहरु गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्