स्थापनाको चार वर्षपछि सम्पर्क कार्यालयमा पहिलो मन्त्रिपरिषद् बैठक



हिले,चैत १३ । स्थापनाको चार वर्षपछि  कोशी प्रदेश मुख्यमन्त्रीको सम्पर्क कार्यालयमा पहिलो बैठक बसेको छ। मंगलबार धनकुटामा रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सम्पर्क कार्यालयमा बसेको मन्त्रिपरिषद्को बैठकले कोशी प्रदेशका सबै कार्यक्रममा मायाको चिनो र उपहार प्रदेश भित्रको उत्पादन प्रयोग गर्न सरकारी कार्यालयमा पत्राचार गर्ने निर्णय गरेको छ। 

त्यस्तै धनकुटा, भोजपुर र उदयपुर सिमाना सप्तकोशी नदीमा रहेको खुवालुङलाई धार्मिक तथा पर्यटकीयस्थलको रूपमा विकास गर्ने र  धनकुटामा रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सम्पर्क कार्यालयमा महिनाको एकपटक प्रदेश सरकार मन्त्रिपरिषद्को बैठक बस्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री शमशेर राईले जानकारी दिए । 

तत्कालीन मुख्यमन्त्री शेरधन राईले २०७६ साल वैशाख २९ गते धनकुटामा उद्घाटन गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सम्पर्क कार्यालयमा यसअघिका मुख्यमन्त्रीको पालामा बैठक बस्न सकेको थिएन।  

प्रतिक्रिया दिनुहोस्