प्रचण्ड र देउवाबीच भेटवार्ता



काठमाडौं,चैत १४ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।

गएराति १० बजे प्रचण्डलाई भेट्न देउवा प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । प्रधानमन्त्री प्रचण्ड र देउवाबीच झण्डै १ घण्टा छलफल भएको बुझिएको छ ।

भेटमा टीआरसी विधेयक, बैशाख १५ गते हुने उपनिर्वाचन लगायतका समसामयिक विषयमा छलफल भएको छ । हिजो दिउँसो राष्ट्रिय सभाका संसदीय दलका नेता कृष्णप्रसाद सिटौला र प्रधानमन्त्री प्रचण्डबीच पनि छलफल भएको थियो ।

प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति देउवाबीचको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस्