एसइईमा जम्मा चार जना विद्यार्थी



खोटाङ,चैत १४ । खोटाङको एउटा सामुदायिक विद्यालयबाट एसइई दिने चार जना मात्र विद्यार्थी रहेका छन् । सामुदायिक विद्यालयमा निरन्तर विद्यार्थी सङ्ख्या घट्दैजाँदा जिल्लाको ऐसेलुखर्क गाउँपालिका –६ ज्यामिरे सल्लेस्थित शान्तोदय माध्यमिक विद्यालयबाट एसइई परीक्षा दिने चार जना मात्र विद्यार्थी भएका हुन् । 

कक्षा १–१० सम्म पठनपाठन हुने सो विद्यालयमा अहिले जम्मा ६२ जना विद्यार्थी छन् । हाल कक्षा ९ मा ५ जना मात्र विद्यार्थी अध्ययनरत रहेको प्रधानाध्यापक दिपबहादुर राईले बताए । 

प्रधानाध्यापक राईकाअनुसार अर्को वर्ष पनि शान्तोदयबाट एसइई मा ५ जनाभन्दा बढी सहभागी हुने देखिदैन् । शान्तोदय माविमा कुनै समय एउटा कक्षामा ५० जनासम्म विद्यार्थी थिए । तर अहिले सोही विद्यालयबाट ४ जना विद्यार्थी एसइईमा सहभागी हुँदैछन् । 

प्रतिक्रिया दिनुहोस्