मिस नेपाल २०२४ प्रतियोगिताको आवेदन खुला



काठमाडौं,चैत १४ । द हिडन ट्रेजरले मिस नेपाल २०२४ प्रतियोगिताको आवेदन खुला गरेको छ ।

यस प्रतियोगिताका लागि नेपाली इच्छुक युवतीलाई आवेदन दिन आमन्त्रण गरिएको छ । आवेदन २०८१ जेठ १ सम्म खुला रहने जानकारी बुधबार आयोजित पत्रकार सम्मेलनमा दिइयो । 

मिस नेपाल २०२४ को अन्तिम नतिजा २०८१ साउन १९ गते गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा हुनेछ । यस वर्ष २०२४ को मिस नेपाल प्रतियोगितामा न्यूनतम ५ फिट ३ इन्च उचाइ तथा १८ देखि २७ वर्षका अविवाहित नेपाली नागरिकसहित इच्छुक युवतीले आवेदन दिन सक्ने छन् । प्रतियोगितामा भाग लिनका लागि आवेदनको कुनै पनि शुल्क लाग्ने छैन ।

प्रतिक्रिया दिनुहोस्