एमाले कास्की अध्यक्षमा अधिकारी



कास्की,चैत १४ । नेकपा (एमाले) कास्कीको ११ औँ जिल्ला अधिवेशनबाट अध्यक्षमा बैनबहादुर अधिकारी क्षेत्री निर्वाचित हुनुभएको छ । अधिकारी पाँचसय ५१ मतसहित विजयी भएका छन्  । 

बुधबार साँझ सार्वजनिक परिणामअनुसार अधिकारीका प्रतिस्पर्धी माधव बास्तोलाले तीन सय ४७ र अध्यक्षका अर्का उम्मेदवार विवेक त्रिपाठीले १७ मत पाए । 

पदाधिकारीमा पनि अधिकारी प्यानलकै उम्मेदवार विजयी भएका छन् । उपाध्यक्षमा भेषराज बराल पाँचसय २७ मतसहित विजयीभन्दा उनका प्रतिस्पर्धी शिवप्रसाद आचार्यले तीनसय ८८ मत पाएका छन् । 

यस्तै, सचिवमा दर्शन लामा पाँचसय ९५ मत ल्याएर चुनिँदा सुरेन्द्र गुरुङले तीनसय २० मत पाए । उपसचिवमा लालबहादुर परियार र उपसचिव महिलामा सन्तु सुवेदी विजयी भएका छन् । 

उपसचिवकी उम्मेदवार सङ्गीता सुवेदीले ६१ मत पाए । शनिबार एमाले महासचिव शङ्कर पोखरेलले उद्घाटन गरेको जिल्ला अधिवेशनमा सहमतिमा नेतृत्व चयन गर्न नसकेपछि लम्बिएको थियो । अधिवेशनमा नौसय २६ प्रतिनिधिमध्ये नौसय १२ जनाले मतदान गरेका थिए ।अधिवेशनबाट सात सदस्य सर्वसम्मत भएका छन् ।

प्रतिक्रिया दिनुहोस्