आव २०७९/८० को वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस गर्ने मन्त्रिपरिषद्को निर्णय



काठमाडौं,चैत १६ । सरकारले आर्थिक वर्ष (आव) २०७९/८० को वार्षिक प्रतिवेदनलाई स्वीकृत गरी राष्ट्रपतिसमक्ष पेस गर्ने निर्णय गरेको छ । बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो । 

सूचना, प्रविधि तथा सञ्चार मन्त्रालयको सचिवालयका अनुसार नेपालको संविधानको धारा ५३ एवं सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४१ बमोजिम उक्त प्रतिवेदन तयार गरिएको हो । 

बैठकले आव २०८१/८२ को लागि प्रदेश र स्थानीय तहलाई उपलब्ध गराउने राजश्व बाँडफाँटको ढाँचा र हिस्साबमोजिम अनुमानित राजश्व सात प्रदेशको लागि रु. ७७ अर्ब ५० करोड, स्थानीय तहका लागि रु. ७७ अर्ब ५० करोड र वित्तीय समानीकरण अनुदानको परिमाण सात प्रदेशको लागि रु. ६० अर्ब र स्थानीय तहहरूको लागि रु. ८८ अर्ब स्वीकृत गर्ने निर्णयसमेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्