प्राधिकरणका तत्कालीन अध्यक्षसहित २० जनाविरुद्ध भ्रष्टाचार मुद्दा



काठमाडौं,चैत १६ । मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) प्रणाली खरीद प्रक्रियामा अनियमितता भएको भन्दै दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष पुरुषोत्तम खनालसहित २० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूविरूद्ध ९१ करोड ९८ लाख ३० हजार ८८२ रुपैयाँ बिगो दाबीसहित मुद्दा दायर गरेको हो ।

अख्तियारका अनुसार मुद्दा दायर हुने अन्य व्यक्तिहरूमा प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झा, पुरुषोत्तम प्रसाद खनाल, निर्देशक/वरिष्ठ निर्देशक आनन्द राज खनाल, उपनिर्देशक/निर्देशक मीन प्रसाद अर्याल, सहायक निर्देशक/उपनिर्देशक विनोद चन्द्र श्रेष्ठ, निर्देशक दिपेश आचार्य, उपनिर्देशक सुरेन्द्रलाल हाडा, सहायक निर्देशक/उपनिर्देशक रेवती राम पन्थ, सहायक निर्देशक/उपनिर्देशक सन्दीप अधिकारी, सहायक निर्देशक/उपनिर्देशक सूर्यप्रसाद लामिछाने, उपनिर्देशक अच्युता नन्द मिश्र, सहायक निर्देशक विजय कुमार राय यादव, सहायक निर्देशक प्रतीक्षा पौडेल, सहायक निर्देशक निराजन कोइराला छन् ।

मुद्दा लागेका अन्य व्यक्तिहरूमा एमडीएमएस प्रणाली आपूर्ति गर्ने कम्पनीका प्रमुखदेखि अपरेशन म्यानेजरसम्म छन् ।

प्रतिक्रिया दिनुहोस्