नुवाकोटको भूमि उर्वर भूमि-पूर्व राष्ट्रपति यादव



नुवाकोट,चैत १६ । पूर्व राष्ट्रपति रामवरण यादवले नुवाकोटको भूमि उर्वर भूमि भएको बताएका छन् ।

शुक्रबार जिल्लाको लिखु गाउँपालिकामा अवस्थित क्षेत्रपाल माध्यमिक विद्यालयको स्वर्ण जयन्तीको अवसरमा आयोजित एक कार्यक्रममा शुभकामना मन्तव्यको क्रममा पूर्व राष्ट्रपति यादवले यस्तो बताएका हुन् ।

पूर्व राष्ट्रपति यादवले आफू नुवाकोट प्रवेशका क्रममा तराईका झैं समथर क्षेत्र देख्दा आफुलाई अत्यन्तै खुशी लागेको बताए । यस्ता समथर स्थलमा उन्नत कृषि प्रविधि अपनाई समग्र जिल्लाको मुहार फेर्न सकिने बताए ।

पूर्व राष्ट्रपति यादवले शुभकामनाका क्रममा विद्यालयले प्रारम्भिक समयदेखि हालसम्म विभिन्न बाधा अड्चनका बीच भौतिक तथा शैक्षिक क्षेत्रमा उन्नति गरेको बताए ।

स्वर्ण जयन्तीका अवसरमा आयोजित कार्यक्रममा पूर्व अर्थमन्त्री प्रकाशशरण महत, काङ्ग्रेस नेता जगदीश नरसिंह केसी, रमेशकुमार महत, एमाले नेता बद्री मैनाली, विभिन्न विद्यालयका शिक्षक, विद्यार्थी, अभिभावक लगायतको उपस्थिति रहेको थियोे ।

प्रतिक्रिया दिनुहोस्