अन्तरराष्ट्रिय महिला उद्यमी व्यापार मेलामा फेशन शो, र्‍याम्पमा उत्रिइन् अष्ट्रेलियन राजदूत



काठमाडौं,चैत १७ । ७ औं अन्तरराष्ट्रिय महिला उद्यमी व्यापार मेलाका अवसरमा नेपालमा उत्पादित कपडाको फेशन शो आयोजना गरिएको छ । उक्त फेशन शोमा अष्ट्रेलियन राजदूत फेलिसिटी भोल्कलगायत र्‍याम्पमा उत्रिएका थिए । 

महिला उद्यमी महासंघको आयोजनामा ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा शुक्रवारबाट मेला शुरु भएको हो । मेला यही चैत २० गतेसम्म सञ्चालन हुनेछ ।

मेलामा नेपालीसँगै भारत, पाकिस्तान, बङ्गलादेशलगायत देशका महिला उद्यमी सहभागी छन् । 

प्रतिक्रिया दिनुहोस्