फेरी एमालेसहितको बामपन्थी एकतातर्फ अग्रसर छौँ : प्रधानमन्त्री प्रचण्ड



काठमाडौं,चैत १७ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमालेसहितको बामपन्थी एकताको काम पुनः थालिएको बताएका छन् । शनिबार २४ औं जेल ब्रेक स्मृति दिवसको अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले सबै बामपन्थी शक्तिहरुलाई एकतावद्ध हुन आह्वान गर्दै समाजवादी क्रान्ति पूरा गर्नका लागि आफू दृढ रहेको पनि उल्लेख गरे ।

उनले निराश नभई क्रान्तिकारी आशावादिताको कुरा गर्न र मुलुकमा समाजवादी क्रान्ति पूरा गर्नका लागि सबै बामपन्थी शक्तिहरुलाई एकतावद्ध बनाउन पहल गर्न पनि कम्युनिष्ट क्रान्तिकारी शक्तिहरुलाई अनुरोध गरे । उनले विगतमा एमालेसहितको एकतालाई जोगाउन नसकिएको स्वीकार गर्दै अब फेरि सोही दिशातर्फ फर्किएको बताए ।

प्रतिक्रिया दिनुहोस्