कारागारभित्र कैदीको मृत्यु

सुनसरी,चैत १७ । सुनसरीको झुम्का कारागारमा एक कैदीको शंकास्पद मृत्यु भएको छ।
कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भएका खोटाङको साकेला गाउँपालिकाका ४२ वर्षीय न्यायधिश राईको कारागारमा मृत्यु भएको हो।
मृतक राईका दाई सुभाषले कारागारमा भाइको हत्या भएको आरोप लगाए पनि घटनाको अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।