नुवाकोट लिखुका शिक्षकलाई एकीकृत कस्टमाइज्ड तालिम



नुवाकोट,चैत १८ । जिल्लाको लिखु गाउँपालिकाले शिक्षकलाई एकीकृत कस्टमाइज्ड तालिम सुरु गरेको छ ।शिक्षा, युवा तथा खेलकुद शाखा लिखुको आयोजनामा गाउँपालिकाको नारायणदेवी माध्यमिक विद्यालयमा तालिम सुरु भएको हो।

शिक्षकलाई पाठ्यक्रमको एकीकृत स्वरुप, पाठ्यक्रम कार्यान्वयनका लागि शिक्षकहरुलाई तालिम दिन सुरु गरिएको लिखु गाउँपालिका शिक्षा शाखाले जनाएको छ । तीन दिनसम्म सञ्चालन हुने तालिममा कक्षा १ देखि ३ सम्मका बिद्यार्थीको शिक्षा सुधारका लागि तालिम दिन सुरु गरिएको हो ।

शिक्षा शाखा प्रमुख सेरसिंह रावतको अध्यक्षतामा भएको तालिममा लिखु गाउँपालिकाका विभिन्न विद्यालयका ४० जना शिक्षक शिक्षिकाको सहभागिता रहेको छ । तालिमलाई शाखा प्रमुख रावत र बबिन श्रेष्ठले सहजीकरण गर्दै आएका छन् । तालिम मंगलबारसम्म चल्नेछ ।

प्रतिक्रिया दिनुहोस्