नेपालमा पहिलो पटक ग्रिन हाइड्रोजनबाट चलाइयो गाडी



काठमाडौं,चैत १९ । नेपालमा पहिलो पटक ग्रीन हाइड्रोजनबाट गाडी चलाइएको छ । नेपालमै उत्पादित ग्रिन हाइड्रोजनबाट गाडी चलाउन गरीएको परीक्षण सफल भएको हो ।

काठमाडौं विश्वविद्यालयले दुई वर्षदेखि थालेको अनुसन्धानको आइतवार बिहान सफल परीक्षण गरिएको नेपाल हाइड्रोजन इनिसिएटिभ्स परियोजना प्रमुख प्रा.डा. विराजसिंह थापाले बताए । उनका अनुसार विश्वविद्यालयमा स्थापना गरिएको हाइड्रोजन रिफिलिङ स्टेसनबाट उत्पादन भएको हाइड्रोजन आइतबार कारमा राखिएको हो । 

उनले आइतबारको दिन नेपालका लागि महत्त्वपूर्ण रहेको भन्दै यस दिनलाई ‘हाइड्रोजन दिवस’को रूपमा बुझ्न आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्