बजेट निर्माणको लागि अर्थ मन्त्रालयले माग्यो सुझाव, वैशाख मसान्तभित्र पेश गर्नुपर्ने



काठमाडौं,चैत १९ । बजेट निर्माणका लागि अर्थ मन्त्रालयले सबै पक्षसँग सुझाव मागेको छ । मन्त्रालयले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट तथा कार्यक्रमका लागि सबैसँग सुझाव मागेको हो ।

हाल मन्त्रालयले आगामी आर्थिक वर्ष लागि बजेट मस्यौदा लेखनको काम सुरु गरेको छ । सहसचिव धनीराम शर्माको संयोजकत्वमा आगामी बजेट वक्तव्य तयार गर्न समिति गठन भएको छ ।

समितिमा सदस्यहरुमा सहसचिवहरु रितेश कुमार शाक्य, महेश, आचार्य, रामप्रसाद आचार्य, इश्वरी अर्याल र पार्वती शर्मा रहेका छन् ।

विभिन्न संघ, संस्था, बुद्धिजीवी, विज्ञ, राजनीतिक दल, व्यवसायी, समाजसेवी, पेशाकर्मी, कर्मचारी, सञ्चार माध्यम तथा आम नागरिकहरुले बजेटका लागि सुझाव दिन सक्नेछन् । सुझा भने आगामी वैशाख मसान्तभित्र बुझाउनुपर्न छ । मन्त्रालयको वेबसाइटमा रहेको बजेट सजेसनमा गएर वा इमेल पठाएर सुझाव दिन सकिने छ ।

प्रतिक्रिया दिनुहोस्