सुनको भाउ हालसम्मकै महँगो, आज एक तोला किन्न कति तिर्नुपर्छ ?



काठमाडौं,चैत १९। सुनको भाउले फेरि रेकर्ड ब्रेक गरेको छ । सोमबार छापावाला सुनको भाउ प्रतितोला १ हजार ६०० रुपैयाँले बढेर कीर्तिमानी उचाई बनाएको छ ।

अघिल्लो दिन १ लाख ३० हजार रुपैयाँ पुगेको सुनको भाउ आज फेरि बढेर रेकर्ड ब्रेक गरेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका आज सुनको भाउ १ लाख ३१ हजार ६०० रुपैयाँ कायम भएको छ । यस्तै, तेजावी सुनको मूल्य भने १ लाख ३० हजार ९५० रुपैयाँ तोकिएको छ ।

साताको दोस्रो कारोबार दिन चाँदीको भाउ पनि बढेको छ । आज चाँदी प्रतितोला १० रुपैयाँले बढेर १ हजार ५३५ रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस्