नवजात शिशुको शव फेला



धनकुटा,चैत १९ । धनकुटाको महालक्ष्मी नगरपालिकामा फालिएको अवस्थामा नवजात शिशुको शव फेला परेको छ । महालक्ष्मी नगरपालिका–९ सिद्धकाली टोलमा सिधुवा जितपुर सडकखण्ड नजिकै करिब ४ महिनाको शिशुको शव फेला परेको हो ।

स्थानीय शव देखेपछि प्रहरीचौकी जितपुरलाई जानकारी गराएका थिए । फेला परेको शवलाई जिल्ला ल्याएर पोस्टमार्टम गर्ने तयारी गरिएको जिल्ला प्रहरी कार्यलय धनकुटाले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय धनकुटाका प्रमुख श्याम सिंह चौधरीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्