बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले पाए तेस्रो पटक विश्वासको मत

काठमाडौं,चैत १९ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले तेस्रो पटक विश्वासको प्राप्त गर्नुभएको छ ।
सोमबार प्रदेशसभामा उपस्थित कुल १०८ सदस्यमध्ये जम्कट्टेलको पक्षमा ५६ मत पर्यो भने विपक्षमा जम्मा ३७ मत खस्यो। यस्तै १५ सांसद तटस्थ बसे।
जम्कट्टेललाई एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीका सांसदले विश्वासको मत दिँदा कांग्रेसले मात्र विपक्षमा मतदान गरेको हो। यस्तै राप्रपा र नेमकिपाका सांसद भने तटस्थ रहे।
१६ महिनाको अवधिमा उहाँले तेस्रोपटक विश्वासको मत पाउनुभएको हो । २०७९ पुस २५ गते संविधानको धारा १६८ को उपधारा (२) अनुसार मुख्यमन्त्री बनेका माओवादी केन्द्र संसदीय दलका नेता जम्कट्टेलले सत्ता समीकरण बदलिएपछि आज प्रदेशसभाबाट फेरि विश्वासको मत लिनुभएको हो ।