सकियो काठमाडौंमा भारत–नेपाल शिल्प मेला
काठमाडौं,चैत २० । काठमाडौंमा भारत–नेपाल लोक शिल्प मेला सम्पन्न भएको छ । गत बिहीवार काठमाडौंको ठमेलस्थित छाया सेन्टरमा शुरु भएको मेला सोमवार सम्पन्न भएको हो ।
दक्षिण एशिया फाउन्डेशनको आयोजनामा भएको मेलामा नेपाली र भारतीयले बनाएका शिल्पकलाको प्रदर्शनी गरिएको थियो । भारत र नेपालबीचको शिल्प र संस्कृतिको आदान–प्रदान गर्ने उद्देश्यले मेला आयोजना गरिएको थियो ।
यस प्रदर्शनी एवं विक्री मेलामा ३५ भन्दा बढी शिल्पकर्मी/शिल्प सहित नेपालका विभिन्न भागहरूबाट २० भन्दा बढी शिल्पकर्मी सहभागी थिए ।
मेलाले नेपालसँग हरेक क्षेत्रमा नजिकको र कसिलो सम्बन्धले जोडिएको छिमेकी भारतसँगको सम्बन्धमा महत्त्वपूर्ण कोशेढुंगा सावित हुने विश्वास गरिएको छ।