सुन भाउ घट्यो, चाँदीको बढ्यो



काठमाडौं,चैत २० । सुनको भाउ घटेको छ। सोमबार नयाँ कीर्तिमानी उचाईमा पुगेको सुनको मूल्य आज भने घटेको हो । छापावाला सुनको भाउ प्रतितोला ४०० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि छापावाला सुनको भाउ १ लाख ३१ हजार २०० रुपैयाँ तोकिएको छ।

अघिल्लो दिन भने १ लाख ३१ हजार ६०० रुपैयाँ पुगेको थियो । जुन, हालसम्मकै उच्च हो । महासंघका अनुसार आजका लागि तेजावी सुनको भाउ भने १ लाख ३० हजार ५५० रुपैयाँ तोकिएको छ।

यस्तै, साताको तेस्रो कारोबार दिन चाँदीको मूल्य भने बढेको छ । चाँदीको भाउ आज प्रतितोला १० रुपैयाँले बढेर १ हजार ५४५ रुपैयाँ कायम भएको छ।

प्रतिक्रिया दिनुहोस्