माओवादी नेता कालीबहादुर खाम पक्राउ



काठमाडौं,चैत २० । नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वलडाकु कालीबहादुर खाम पक्राउ परेका छन्। तत्कालीन माओवादी जनयुद्धका कमाण्डरसमेत रहेका नेता खामलाई काठमाडौँको ठमेलबाट पक्राउ गरिएको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी भुपेन्द्र खत्रीका अनुसार खाममाथि कोटेश्वरका व्यवसायी रामहरि श्रेष्ठको अपहरणपछि हत्या गरेको आरोप छ।

हाल माओवादी केन्द्रका केन्द्रीय सदस्यसमेत रहेका नेता खाम लामो समयदेखि श्रेष्ठको हत्या कसूरमा फरार रहँदै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्