नुवाकोट लिखुका शिक्षकलाई एकीकृत पाठ्यक्रम तालिम (भिडियो)



नुवाकोट,चैत २० । जिल्लाको लिखु गाउँपालिका शिक्षा शाखाले शिक्षकलाई एकीकृत पाठ्यक्रम सम्बन्धि तालिम दिएको छ। पाठ्यक्रम लागु भएको ५ वर्ष बितिसक्दा पनि अन्योलमा रहेका शिक्षकले तालिम पाएपछि उनीहरू खुशी भएका छन् ।

शिक्षा शाखा प्रमुख सेरसिंह राउतको आगमनसंगै शिक्षकले तालिमको प्रत्याभूत गर्न पाएको कालिकादेवी आधारभूत विद्यालयका प्रधानाध्यापक मधुसूदन पौडेलले बताए ।आइतबारदेखि सुरु भएको तीन दिने तालिम समापन समारोहमा सहभागीले यस प्रकारको तालिम दुरदराजका सबै विद्यालयका शिक्षकले पाउनुपर्ने राय व्यक्त गरे।

कार्यक्रम समापन समारोहमा बोल्दै लिखु गाउँपालिकाका अध्यक्ष ध्रुव श्रेष्ठले अबको विकास शैक्षिक विकासको समय आएको बताए । अध्यक्ष श्रेष्ठले पछिल्लो समयसम्म स्थानीय बाटोघाटोलाई बजेटको प्राथमिकता दिइए पनि आगामी दिनमा शैक्षिक उन्नतिका लागि बजेट विनियोजन हुने स्पष्ट पारे ।

कार्यक्रममा लिखु गाउँपालिकाकी उपाध्यक्ष सुभद्रा अधिकारी,लिखु गाउँपालिका शिक्षा शाखाका प्रमुख सेरसिंह रावत,वडा नम्बर १ का अध्यक्ष नरहरी पाण्डे, गाउँपालिकाका सल्लाहकार हरिशरण लामिछाने, प्रशिक्षक रोशना डङोल,रुम टु रिडका वरिष्ठ प्रशिक्षक बटुराम भण्डारी, राधाकृष्ण हुमागाई, एकराज कोइराला, नारायणदेवी माध्यमिक विद्यालयका प्रधानाध्यापक हरिशरण लामिछाने, शिक्षा शाखाका बबिन श्रेष्ठ, केशव अधिकारी लगायतको सहभागिता रहेको थियोे ।

लिखुको नारायणदेवी माध्यमिक विद्यालयमा भएको बालविकास र एकीकृत पाठ्यक्रमसहित दुई चरणको तालिम एकैदिन समापन भएको शिक्षा शाखाले जनाएको छ ।

तालिम समापन समारोहको भिडियो हेर्नुहोस:-

प्रतिक्रिया दिनुहोस्