शैक्षिक सामग्री नपाएपछि पाकिस्तानको बलुचिस्तान क्षेत्रका तीन दर्जन विद्यालय बन्द



इस्लामावाद (पाकिस्तान),चैत २१। शैक्षिक वर्ष शुरु भएको एक महीना बितिसक्दा पनि शैक्षिक सामग्री नपाएपछि पाकिस्तानको बलुचिस्तानका क्षेत्रका करीब तीन दर्जन विद्यालय बन्द भएका छन् । 

त्यहाँका स्थानीय सञ्चारमाध्यमका अनुसार पाठ्यसामग्रीको अभावले झाल मगसी जिल्लाका विद्यालय बन्द भएका हुन् । यो बलुचिस्तान क्षेत्रको सबैभन्दा उपेक्षित जिल्लामा पर्छ । 

विद्यालयमा शैक्षिक सामग्री नपुगेपछि विद्यार्थी तथा उनीहरूका अविभावक भने आक्रोशित बनेका छन् । 

‘द बलुचिस्तान पोस्ट’ले बलुच विद्यार्थी सङ्गठनका केन्द्रीय प्रवक्तालाई उद्धृत गर्दै जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘विद्यालयमा आवश्यक शैक्षिक सामग्री नपुगेकोले नियमित कक्षा सञ्चालनमा कठिनाइ भएको र यसका कारण हजारौं विद्यार्थी निराश बन्नुपरेको छ ।’

‘द बलुचिस्तान पोस्ट’ले चगाई जिल्लाको बालानोस क्षेत्रका लगभग सबै बालबालिका विद्यालय पहुँचभन्दा बाहिर रहेको बताएको छ ।  त्यहाँका जनता लामो समयदेखि राज्यको गैरजिम्मेवारीको सिकार बनिरहेको प्रवक्ताले बताएका छन् । रासस/एएनआई

प्रतिक्रिया दिनुहोस्