ताइवानमा गयो २५ वर्षयताकै शक्तिशाली भूकम्प



एजेन्सी,चैत २१ । ताइवानको पूर्वी तटीय क्षेत्रमा बुधवार ७.४ म्याग्निट्यूडको शक्तिशाली भूकम्प गएको छ। भूकम्पको केन्द्रविन्दु ताइवानको ख्वालिएन शहरबाट १८ किलोमिटर पर रहेको अमेरिकी भौगर्भिक अध्ययन निकाय यूएसजीएसले जनाएको छ।

यो भूकम्प २५ वर्षयताकै ठूलो भएको अधिकारीहरूले  बताएका छन्। उक्त भूकम्पपछि ४ म्याग्निट्यूड अथवा सोभन्दा ठूला नौवटा परकम्प गएका अधिकारीहरूले बताएका छन्। भूकम्पबाट भएको क्षतिको विवरण भने आउन बाँकी नै छ। 

भूकम्पले घर लगायतका भवन भत्किएका छन् । मानिसहरुलाई भग्नावशेषबाट उद्धार गरिएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन्। 

प्रतिक्रिया दिनुहोस्