सुनको भाउ हालसम्मकै उच्च, प्रतितोला १ लाख ३३ हजार पुग्यो



काठमाडौं म,चैत २१ ।सुनको भाउ थप महँगिएको छ । छापावाला सुनको भाउ आज एकैदिन १ हजार ८०० रुपैयाँले बढेको छ ।बुधवारका लागि छापावाला सुनको भाउ १ लाख ३३ हजार रुपैयाँ तोकिएको छ । जुन, हालसम्मकै उच्च हो ।

अघिल्लो दिन भने नेपाली बजारमा १ लाख ३१ हजार २०० रुपैयाँ कायम भई खरिदबिक्री भएको थियो । यस्तै, आजका लागि तेजावी सुनको भाउ १ लाख ३२ हजार ३५० रुपैयाँ तोकिएको छ ।

यस्तै, साताको चौंथो कारोबार दिन चाँदीको भाउ पनि बढेको छ । आज प्रतितोला ६५ रुपैयाँले बढेर १ हजार ६१० रुपैयाँ कायम भएको छ । मंगलबार भने १ हजार ५४५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।

प्रतिक्रिया दिनुहोस्