अण्डाको नयाँ बिक्री मूल्य निर्धारण, कुन साइजको कति तोकियो ?



काठमाडौं,चैत २१। अण्डाको समर्थन बिक्री मूल्य तोकिएको छ । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको नयाँ समर्थन मूल्य तोकिएको छ।

नयाँ समर्थन मूल्यअनुसार मध्यम (मिडियम) अण्डा प्रति क्रेटको मूल्य ३७५ रूपैयाँ निर्धारण गरिएको छ । तर, ठूलो अण्डा प्रति क्रेटको मूल्य ३९० रूपैयाँ र एक्सएल अण्डा प्रति क्रेट ४५० रूपैयाँ कायम गरिएको छ।

नयाँ समर्थन मूल्य भोलि अर्थात् चैत २२ गते बिहीबारबाट लागू हुने संघले जनाएको छ । संघको इटहरी, धनगढी र काठमाडौंमा चैत १९ देखि २१ सम्म भेला भएको थियो । सोही भेलाले नै अण्डाको समर्थन बिक्री मूल्य तय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्