माटोको ढिस्कोमा पुरिएर महिलाको मृत्यु



जाजरकोट,चैत २२ । जाजरकोटमा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु भएको छ ।

जिल्लाको छेडागाड नगरपालिका – ३ हाडेतोला बस्ने ५५ वर्षीया हरिकला अधिकारीको मृत्यु भएको जनाइएको छ । 

छेडागाड नगरपालिकाका नगर उपप्रमुख चन्द्र बहादुर थापाले हिजो दिउँसो घर लिप्ने माटो खन्ने क्रममा ढिस्कोले पुर्दा घटनास्थलमै मृत्यु भएको जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस्