झन् झन् महँगो बन्दै सुनको भाउ: एकपछि अर्को नयाँ रेकर्ड कायम, प्रतितोला कति पुग्यो ?



काठमाडौं,चैत २२ । सुनको भाउले दैनिक झन् ऐतिहासिक रेकर्ड बनाउँदै आएको छ । बिहीबार पनि नेपाली बजारमा सुनको भाउ कीर्तिमानी उचाईमा पुगेको हो ।

छापावाला सुनको मूल्य एकैदिन १ हजार रुपैयाँले १ लाख ३४ हजार रुपैयाँ कायम भएको छ । जुन, हालसम्मकै महँगो हो । बुधवार पनि सुनको भाउ १ लाख ३३ हजार रुपैयाँ पुगेर रेकर्ड कायम गरेको थियो । तर, आज पनि थप महँगिएर नयाँ उचाईमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि तेजावी सुनको भाउ भने १ लाख ३३ हजार ३५० रुपैयाँ कायम छ ।

अन्तर्राष्ट्रिय बजारमा नै सुनको भाउ थप आकासिएको छ । विश्व बजारमा नै दैनिक बढ्दो क्रममा रहेकोले त्यसको प्रभाव नेपाली बजारमा पनि देखिएको महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा हुने घटबढको आधारमा नै नेपालमा सुनको भाउ निर्धारण हुन्छन् । पछिल्लो समय दैनिक रुपमा एकपछि अर्को रेकर्ड कायम गर्दै दैनिक नयाँ उचाईमा पुगेको छ ।

साताको पाँचौं कारोबार दिन चाँदीको भाउ पनि बढेको छ । आज एकैदिन प्रतितोला ४० रुपैयाँले बढेर १ हजार ६५० रुपैयाँ तोकिएको छ । जुन हालसम्मकै उच्च हो । बुधवार पनि १ हजार ६१० रुपैयाँ खरिदबिक्री भएको थियो ।

प्रतिक्रिया दिनुहोस्