गायक राजेशपायल राई छुटे



काठमाडौं,चैत २२। गायक राजेश पायल राईलाई प्रहरीले छाडेको छ ।

मदिरा सेवन गरेर होहल्ला गरेको आरोपमा राई बुधबार राति पक्राउ परेका राईलाई बिहीबार छाडिएको हो ।

प्रहरी वृत्त नयाँ बानेश्वरका डीएसपी शिवराज बुढाथोलीले राईसहित ८ जनालाई छाडिएको बताए । राजेश पायल राई सहित तीन जनालाई मदन भण्डारी कलेज अगाडिबाट प्रहरीले पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्