माओवादी केन्द्रले इलाम–२ मा एमालेका नेम्वाङलाई समर्थन गर्ने



काठमाडौं,चैत २२ । इलाम क्षेत्र नम्बर–२ मा नेकपा माओवादी केन्द्रले नेकपा एमालेलाई समर्थन गर्ने भएको छ ।

इलाम–२ माओवादीले उम्मेदावर नउठाउने भएको हो । आफ्नो उम्मेदवार नउठाई एमालेलाई सघाउने भएको माओवादी पार्टीका कोसी प्रदेशले जनाएको छ ।

सो क्षेत्रमा नेकपा एमालेले सुहाङ नेम्वाङलाई उम्मेदावर बनाउने निर्णय गरिसकेको छ । अब माओवादीले पनि सुहाङलाई नै सघाउने छ ।

प्रतिक्रिया दिनुहोस्