काङ्ग्रेसको तर्फबाट इलाम–२ को उम्मेदवार डम्बर खड्का



काठमाडौं,चैत २२ । नेपाली कांग्रेसले इलाम–२ मा डम्बर खड्कालाई उम्मेदवार बनाउने लगभग पक्का भएको छ। सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बिहीबार बिहान उम्मेदवारहरुबीच छलफल भएपछि कांग्रेसले इलाममा हुने प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनमा खड्कालाई उम्मेदवार बनाउने भएको हो।आगामी वैशाख १५ गते प्रतिनिधिसभामा इलाम-२ र प्रदेशसभामा बझाङ- १ मा उपनिर्वाचन हुँदैछ।

मंगलबार र बुधबार बसेको बैठकमा संस्थापन पक्ष र इत्तरपक्षबीचको अडान कायम रहँदा कांग्रेसले उम्मेदवार चयन गर्न नसकेपछि आज बिहान उम्मेदवारका आकाक्षीबीच शीर्ष नेताले छलफल गरेका थिए।

बुधबार संसदीय बोर्डको बैठकमा सभापति शेरबहादुर देउवाले इलाम–२ मा  खड्कालाई उम्मेदवार बनाउन प्रस्ताव गरेका थिए। महामन्त्री गगन थापा समूहका तर्फबाट भेषराज आचार्यलाई उम्मेदवारी बनाउनुपर्ने अडान रहेको थियो। आजको बैठकमा पनि देउवाले अडान नछाडेपछि खड्का उम्मेदवार बन्ने लगभग पक्का भएको हो। जिल्ला सभापति समेत रहेका खड्का यस अगाडि नेम्वाङसँग पराजित भएका थिए।

प्रतिक्रिया दिनुहोस्